दफा ५३
कम्प्युटर सम्बन्धी कसूर गर्न दुरुत्साहन
यस ऐन बमोजिमको कुनै कसूर गर्न कसैैलाई दुरुत्साहन गर्ने वा त्यस्तो कसूर गर्न उद्योग गर्ने वा षड्यन्त्रमा सामेल हुने व्यक्तिलाई कसूरको मात्रा हेरी पचास हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।